कञ्चनपुरमा ढुङ्गा प्रहार गरेर पूर्वशिक्षकको हत्या

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका निवृत्त शिक्षक लच्छी चन्दको ढुङ्गा प्रहार गरी हत्या गरिएको हो ।

उनलाई बेलौरी बजारदेखि घर फर्कने क्रममा बुधबार बेलुका घर नजिकै बैतडीको दोगडाकेदार गाउँपालिका–४ का ३५ वर्षीय महेश भण्डारीले ढुङ्गा प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

ढुङ्गा प्रहार गर्ने भण्डारीलाई पक्राउ गरेर घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

ताजा खबर

amazed