बाजुरामा काफलको रुखबाट खसेर एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

बाजुरा । बाजुरामा काफलको रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका–६ सायल घर भई बडीमालिका नगरपालिका–८ मार्तडी बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

काफल टिप्न गएकी उनी बुधबार राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा नेपाली सेनाको दुर्गा भञ्जन गुल्म व्यारेक नजिक रहेको तिलेचौरमा काफलको रुखबाट खसेर मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

ताजा खबर

amazed