कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

amazed