सुदूरपश्चिमका मुख्य न्यायाधिक्ता शाहीद्धारा शपथ ग्रहण

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापाले मुख्य न्यायाधिवक्ता शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा शाहीलाई नियुक्त गरेसँगै शनिवार शपथ ग्रहण गराइएको हो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारी, मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोख्रेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गाना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थिति रहेको थियो । शपथ ग्रहण पछि मुख्य न्यायाधिवक्ता शाहीले विधि र कानुनमा टेकेर अगाडी बढ्ने बताए ।

२०३१ साल असोज १० गते नरबहादुर शाही र मानमती देवी शाहीबाट गन्यापधुरा गाउँपालिका डडेल्धुरामा जन्मिएका शाहीले नेपाल ल क्याम्पस त्रिभुवन विश्व विद्यालयबाट बिएल पास गरेका छन् ।

२०६२ साल देखि निरन्तर कानुनी पेसामा रहेका उनी यस अघि राष्ट्रिय आभास कम्पनी लिमिटेड र चिया तथा कफी विकास बोर्डको कानुनी सल्लाहकार रहेका थिए । शाही उच्च अदालत पाटनका वैतनिक वकिल रहेका थिए ।

amazed