शेयेर गर्नुहोस
धनगढी । कैलालीबाट तीन जना लागूऔषधसहित पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिकाको धनगढी रोडबाट धनगढी उपमहानगरपालिका–३ बस्ने २० वर्षीय रोहन घिमिरे, डोटीको शिखर नगरपालिका–४ बस्ने २० वर्षीय रोशन खड्का र दिपायल सिलगढी नगरपालिका–३ बस्ने १९ वर्षीय ललित नाथ पक्राउ परेका हुन् ।
तीनै जनालाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र नाईट्राभेट ट्याबलेट–७ सहित मंगलवार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।