कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीबाट तीन जना लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिकाको धनगढी रोडबाट धनगढी उपमहानगरपालिका–३ बस्ने २० वर्षीय रोहन घिमिरे, डोटीको शिखर नगरपालिका–४ बस्ने २० वर्षीय रोशन खड्का र दिपायल सिलगढी नगरपालिका–३ बस्ने १९ वर्षीय ललित नाथ पक्राउ परेका हुन् ।

तीनै जनालाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र नाईट्राभेट ट्याबलेट–७ सहित मंगलवार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed