ज्याकलिनको जन्मदिनमा ‘किक २’को घोषणा

शेयेर गर्नुहोस

एजेन्सी
लकडाउनको समयमा नायक सलमान खान आफ्नो फार्म हाउसमा रहे । उनीसँगै नायिका ज्याकलिन फर्नान्डेज, उनका सहयोगीहरु प्नि फार्म हाउसमै थिए । उनै, सलमान सोमबार मात्र आफ्नो घर फर्किएका छन् । मंगलबार नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले चलचित्रको घोषणा गरे ।

साजिले चलचित्र ‘किक २’ बनाउने घोषणा गरेका छन् । चलचित्रमा नायिका ज्याकलिनको साथमा नायक सलमान खानको मुख्य भूमिका रहनेछ । साजिदले चलचित्रको कथा फाइनल गरेका छन् । कथा फाइनल गरेसँगै उनकी श्रीमतीले ज्याकलिनलाई जन्मदिनमा चलचित्र नै गिफ्ट गरेकी हुन् ।

चलचित्रको छायांकन चाडै नै सुरु गर्ने साजिदले भारतीय मिडियासँग बताएका छन् । नायक सलमान खान र नायिका ज्याकलिन अभिनित चलचित्र ‘किक’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed