कमेडी च्याम्पियनका विजेता हिमेशले पाए कार

शेयेर गर्नुहोस

काठमाडौं । कमेडीमा आधारित नेपालकै पहिलो रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले उपहारस्वरुप कार प्राप्त गरेका छन् । गतवर्षको अन्त्यतिर आयोजित अन्तिम स्पर्धामा उनी प्रतिस्पर्धी प्रतियोगी सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै विजेता बनेका थिए ।

विजेता भएको करिब ६ महिना पछि पन्तले कार उपहार पाएका हुन् । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बीच कार हस्तान्तरण गरेका छन् । उक्त कारको मूल्य २५ लाख रुपैयाँ पर्ने बताइन्छ ।

यसैबीच कमेडी च्याम्यिनको दोस्रो सिजन केही समयपछि सुरु हुँदैछ । यो सिजनमा पनि पहिलो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा तथा प्रदीप भट्टराईले निरन्तरता पाउने छन् । कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले सञ्चालन गर्ने निर्माण युनिटले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *