शेयेर गर्नुहोस
धनगढी । कैलालीमा मिनी ट्रक दुर्घटना हुँँदा धनगढीका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका–७ चर्रामा से १ ख १६२७ नम्बरको मिटी ट्रक दुर्घटना भएको हो । मिनी ट्रक अनियन्त्रित भएर गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–७ मनेराका ५५ वर्षीय जुगाराम चौधरीको मृत्यु भएको छ ।
उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । मिनी ट्रकमा सवार एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र दुई जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ । मिनी ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।