शेयेर गर्नुहोस
धनगढी । कैलालीको धनगढीमा सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो ।
भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो । भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिएकी थिइन् । तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो । आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन् ।
अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । तर, अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको छैन ।