ग्याँस विस्फोट हुदा बझाङका एकै परिवारका ५ जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

भारतको कर्नाटक राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त विस्फोटमा परि घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरु अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

गत बुधबार राति ११ बजेतिर झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई कोर्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

पाँचै जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

ताजा खबर

यस्ता ६ लक्षण देखिए सावधानः मृगौला फेल हुने संकेत हुन्

शास्त्र अनुसार बुधबार यी कार्य गर्दा मिल्छ शुभफल

कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

कैलालीबाट अफिमसहित ३ जना पक्राउ

amazed