शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा चार जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत कैलालीले विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–२ का ३३ वर्षीय बेला शाही थापा, हातहतियार खरखजाना मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका मोहन्याल गाउँपालिका–७ कुईनेका ५७ वर्षीय कर्ण बहादुर कामी, ज्यान मुद्दामा २ बर्ष ११ महिना ११ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएका लम्की चुहा नगरपालिका–१ का २६ वर्षीय राजन चौधरी र लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–१ का ४८ वर्षीय सुरेश शाही रहेका छन ।