कैलालीको टीकापुरसहित विभिन्न स्थानबाट चार जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा चार जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत कैलालीले विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–२ का ३३ वर्षीय बेला शाही थापा, हातहतियार खरखजाना मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका मोहन्याल गाउँपालिका–७ कुईनेका ५७ वर्षीय कर्ण बहादुर कामी, ज्यान मुद्दामा २ बर्ष ११ महिना ११ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएका लम्की चुहा नगरपालिका–१ का २६ वर्षीय राजन चौधरी र लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–१ का ४८ वर्षीय सुरेश शाही रहेका छन ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed