कञ्चनपुरमा एक प्रहरी हवल्दारलाई निलम्बन

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ ।

हवल्दार रामसिंह धामीलाई निलम्बन गरिएको हो । कारगारका कैदी र प्रहरी हवल्दार तथा कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ती प्रहरी हवल्दारले व्यावसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको बताए । घटनाको विषयमा विस्तृत छानबिनसमेत भइरहेको छ ।

बिहीबार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा महेन्द्रनगर बजारस्थित एक होटलमा फेला परेका थिए । नाइकेसहित प्रहरी र कर्मचारी जेलबाहिर निस्केर मदिरा सेवन गरेको विषयमा अहिले अनुसन्धान भइरहेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed