रानी, जमरा, कुलरिया सिंचाई आयोजनाको चार दिने सचेतना कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । रानी, जमरा, कुलरिया सिंचाई आयोजनाले गत शुक्रबारदेखि ४ दिन सम्म संचालित सामाजिक स्वास्थ्य सुरक्षा तथा जैविक विविधता संरक्षण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

लम्की चुहा नगरपालिका–३ को कार्यालय बल्चौर, जानकी गाउँपालिका–९ पाताभार तथा जानकी गाउँपालिका–९, कटासे, ऐस्वेर्य आधारभूत बिद्यालय, पालबजार, राष्ट्रिय मा बि. जानकी ८, पाताभारमा विभिन्न सरोकार संस्था तथा व्यक्तिहरु जस्तै स्थानीय प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन, आमा
समुह, बिद्यालय, जलउपभोक्ताहरु तथा बिद्यार्थीहरु लगायत २५७ जनाको उपस्थितिमा सचेतना कार्यक्रम सम्पन्न भयो ।

१६००० बिघा भन्दा बढी क्षेत्रफलमा सिंचाई सेवा पुर्याउने उदेश्यले नेपाल सरकार तथा बिश्व बैंकको सहयोगबाट सिंचाई प्रणालीको आधुनिकीकारण भैरहेको सन्दर्भमा निर्माण भएको मुलनहरमा पौडी खेल्ने, कपडा धुने, बालबालिकाहरु तथा गाइबस्तुहरुलाई अनियन्त्रित रुपमा छोड्ने आदि कार्यले सृजना भएको दुखद घटनाहरुको निराकरणका बारेमा सचेतना तथा छलफल कार्यक्रम भएको थियो ।

असावधानीबाट सृजना हुने नतिजाहरु जोखिम रोकथामको उपायहरु सम्बन्धि सचेतना कार्य आयोजनाका वातावरण तथा सामाजिक सुरक्षा सहजकर्ता बिमल राम ढेवाजुले सहजीकरण गरेका थिए ।

त्यस्तै जैविक बिबिधता र यसको महत्व, जैविक बिबिधता संरक्षणका चुनौतीहरु, जैविक बिबिधता संरक्षणका उपायहरु सम्बन्धि सचेतना तथा छलफल कार्य सहजीकरणमा आयोजनाका जैविक विविधता सहजकर्ता रञ्जना भट्टले गरेकी थिइन् ।

यसका साथै आयोजना संरचना निर्माणको क्रममा सिंचित क्षेत्र भित्रका विभिन्न स्थानहरुमा रुख बिरुवाको कटान भएकोले त्यसको क्षतिपूर्ति स्वरुप नेपालको वन नीति अनुसार एक बिरुवा बराबर दश वटा बिरुवा रोप्ने कार्यको लागि सामुदायिक वन तथा स्थानीय समुदायसंग अन्तरक्रिया तथा छलफल भएको थियो । जैविक विविधता तथा वातावरण संरक्षणको दीगो बिकासको लागि बिद्यार्थीहरुलाई बिद्यालय स्तरमा समेत जैविक विविधता साक्षरता तथा सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धि दुइ वटा बिद्यालयमा सचेतना जगाउने उदयेश्यले गरिएको सचेतना कार्यक्रममा ९१ जना बिद्यार्थीहरु सहभागी भएका थिए ।

ताजा खबर

दुई तिर खुट्टा चाल्दा यता न उताका भए वामदेव

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *