कैलालीको सत्ती कर्णाली सामुदायिक वनमा आगलागी

शेयेर गर्नुहोस

टीकापुर । सत्ती कर्णाली सामुदायिक वनमा आगलागी भएको छ । मंगलबार (आज) बिहान साढे १० बजेको समयमा वनको शाहिपुर, सिम्रेनीको क्षेत्रमा आगलागी भएको हो ।

सामुदायिक वनका अध्यक्ष जितराम चौधरीका अनुसार आगलागीको जानकारी समयमै भएकाले खासै क्षती हुन पाएको छैन । करिब डेढ बिगाहा क्षेत्रफलमा लागेको आगोले खरबारी र केही बोटविरुवा जलेर नष्ट भएको अध्यक्ष चौधरीले बताए । तथापि के कति क्षति भएको छ भन्ने विवरण आइनकेको उनले बताए ।

वनका उपभोक्ता, सुरक्षाकर्मी, स्थानीयहरुले वनमा लागेको आगो निभाइसकेकाले धेरै क्षती नभएको उनले जानकारी दिए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed