कैलालीको सत्ती कर्णाली सामुदायिक वनमा आगलागी

शेयेर गर्नुहोस

टीकापुर । सत्ती कर्णाली सामुदायिक वनमा आगलागी भएको छ । मंगलबार (आज) बिहान साढे १० बजेको समयमा वनको शाहिपुर, सिम्रेनीको क्षेत्रमा आगलागी भएको हो ।

सामुदायिक वनका अध्यक्ष जितराम चौधरीका अनुसार आगलागीको जानकारी समयमै भएकाले खासै क्षती हुन पाएको छैन । करिब डेढ बिगाहा क्षेत्रफलमा लागेको आगोले खरबारी र केही बोटविरुवा जलेर नष्ट भएको अध्यक्ष चौधरीले बताए । तथापि के कति क्षति भएको छ भन्ने विवरण आइनकेको उनले बताए ।

वनका उपभोक्ता, सुरक्षाकर्मी, स्थानीयहरुले वनमा लागेको आगो निभाइसकेकाले धेरै क्षती नभएको उनले जानकारी दिए ।

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed