शेयेर गर्नुहोस
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको प्रकरणमा १२ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
उक्त प्रकरणमा अनुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका १७ मध्ये ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन्। सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन् ।
यस्तै १ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अर्का एक जनालाई उमेर नपुगेको कारण सुधार केन्द्रमा राखिएको छ । बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी, सुमन भट्ट, कृष्ण तिमलसिना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कमल रिजाल, गौरव आचार्य, विनोद शाही, नमराज चौधरी, रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् । यस्तै समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख सञ्चालक खत्री ७ लाख र दिनेश मन्नि ३ लाख धरौटी तिरेर छुटेका छन् । मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने एक जनाको उमेर नपुगेका कारण सुधार गृहमा राखिएको छ ।