कैलाली र कञ्चनपुरबाट ६ लाख बढीको अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलाली र कञ्चनपुरबाट ६ लाख बढीको अवैध सामान बरामद गरिएको छ । शनिबार कैलालीको धनगढी, गोदावरी, गौरीगंगा, भजनी, कैलारी र कञ्चनपुरको भीमदत्त, बेलौरीबाट ६ लाख २९ हजार ४६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

प्रहरीले कैलालीबाट ३ लाख ७२ हजार ४४० रुपैयाँ बराबरको चिनी, सुजि, पेय पदार्थ, सुर्ती, मिठाई, थान कपडा, पाइन्ट, मोजा, चप्पल, प्लाष्टिक डोरी, सेतो कपडा, सुटपिस, सिद्रा माछा, माछा, बोइलर कुखुरा, लगायतका सामानहरु बरामद गरेको जनाएको छ ।

यस्तै कञ्चनपुरबाट २ लाख ५७ हजार २० रुपैयाा बराबरको ग्यास चुलोको पाईप, कुकरको रवर, बिन्दी, भाईरल चप्पल, रुमाल, गन्जी, अन्डरबेयर, कस्मेटिकको सामान, किरनाको सामान, इन्भटर, ब्याट्री लगायतका सामानहरु बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

amazed