कैलालीमा ६ जना तेस्रो लिङ्गी प्रहरीको नियन्त्रणमा

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा धनगढीमा ६ जना तेस्रो लिङ्गीलाई प्रहरीले पक्राउ परेका छ । सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्दै ६ जना तेस्रो लिङ्गीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।

शुक्रबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमा हिडडुल गर्नेहरुलाई अनावश्यक हैरानी दिने काम गरेपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका–४ बस्ने २५ वर्षीया उर्मिला थापा, धनगढी उपमहानगरपालिका–६ बस्ने १९ वर्षीया रेनुसिंह ठकुरी, गौरीगंगा नगरपालिका–५ बस्ने १८ वर्षीया पारु ठकुरी, वडा नम्बर ४ बस्ने १९ वर्षीया अनु मगर, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ वर्षीया निशा बोहरा रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान गर्ने काम प्रवक्ता बोहराले जानकारी दिए ।

amazed