कैलालीको टीकापुरसहित विभिन्न स्थानबाट ५ लाख बढीका भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

धनगढी । कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

टीकापुर नगरपालिका–९ बालुटार स्थित भित्रि सडक खण्ड, धनगढी उपमहानगरपालिकाको चौराह, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहिद गेट, गोदावरी नगरपालिका–२ रिङरोडबाट ५ लाख ५० हजार २८३ मुल्य बराबरको अबैध भन्सार छलीको समान बरामद गरिएको हो ।

उक्त मुल्य बराबरको कपडा, खाद्य पदार्थ, चप्पल, प्रेसर कुकर, रबर, प्लाष्टिक र किराना पसलका समान जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले फेलापारी नियन्त्रणमा लिएको जनाएके छ । उक्त सामानलाई आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढीमा पठाईएको प्रहरीले बताएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *