शेयेर गर्नुहोस
टीकापुर । कैलाली लम्कीमा ट्याक्टर नालामा खस्दा चालकको मृत्यु भएको छ । शनिबार राति लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा भे १ त ८७३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नालामा खस्दा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा सुर्खेतको पञ्चपुरी नगरपालिका–२ का २१ वर्षीय ट्याक्टर चालक शेरबहादुर नेपाली र ट्याक्टरमा सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि लालरत्न अस्पताल लम्की पुगाइएको थियो ।
चालक शेरबहादुरको टीकापुर अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ । अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















