कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका–६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका–२ कुस्माली बस्ने २१ वर्षका ललित ऐर र १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललितको साथबाट १५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको थियो । उनीहरु सवार एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *