कैलालीमा भरुवा बन्दुक बरामद

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा बेवारिसे अवस्थामा छोडिएको एक नाले भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले सोमबार जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वनमा सालको रुखको प्वालभित्र बेवारिसे अवस्थामा एक थान नाले भरुवा बन्दुक फेला पारेको हो ।

एक थान भरुवा बन्दुकसँगै सिसाको गोली १८ वटा, छर्रा १५ वटा र एउटा सानो डिब्बा बारुदको फेला परेको प्रहरी नायव उपरीक्षक कविन्द्र बोहोराले जानकारी दिए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *