महाकाली अस्पताल र टाउन हस्पिटलले बाढीमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल र टाउन हस्पिटल प्रालिले बाढीमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएका छन् । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरणले वर्षाले डुबानमा परी स्वास्थ्य समस्यामा परेकाहरूलाई अस्पतालले निःशुल्क उपचार गर्ने बताए ।

उनले स्वास्थ्य समस्यामा परेकाहरूलाई तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिन समेत सबैमा अनुरोध गरेका छन् । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुर, कैलालीसहित विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटल प्रालिका प्रबन्धक पवन पन्तले पुनर्वासको बाढी प्राभावित क्षेत्र सिमरी, रातोताल र दशरथबस्तीका विस्थापित परिवारको निःशुल्क स्वास्थ्य उपचार गर्ने जानकारी दिए ।

यसअघि २०७९ को बाढीका बेला पनि प्रभावित क्षेत्रका स्थानीयहरुको निःशुल्क उपचार गरेको उनले बताए ।

amazed