बर्दियाको राजापुरक्षेत्र नदी कटानको चपेटामा

शेयेर गर्नुहोस

गान्दीप लाल कायस्थ / बर्दिया । कर्णालीको पश्चिम भंगलोतर्फ पानीको सतह वृद्धि भएपछी राजापुर नगरपालिकाको वडा ३ तिघ्रामा तिव्र रूपमा नदी कटान भएको छ ।
तिब्र कटान भएपछि राजापुरक्षेत्र जोखिममा छ । राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरीले नगरवासीहरुलाई कर्णाली नदिमा बढेको पानीको बहावका कारण राजापुर नगरपालिका वडा नं. ३ तिघ्रामा कर्णाली नदिको डिल कटान भइ बस्तीमा नदि पसि जनधनको ठूलो क्षति हुने सम्भावना रहेकोले नदि कटान रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्नु हुन अपिल गरेका छन ।

साथै नदिले क्षति पुर्याउन सक्ने सम्भावित बस्तीका सबैलाई सतर्क रहन अनुरोध गरेका छन । कर्णाली नदी व्यवस्थापन परियोजना अन्तर्गत २०७२ सालमा सूर्य कन्ट्रक्सनले टेक्का लिई बनाउन सुरु गरेको ठेक्का हालसम्म पनि पुरा नभएको कर्णाली नदी व्यवस्थापन परियोजनाका सिडिई महेश कुमार मण्डलले बताए । बर्दियातर्फ पानीको बहाव बढी भएपछी नदी कटान भएको समेत उनले बताए ।

स्थानीय एवं राजापुर नगरपालीका वडा न ३ का सदस्य लौटन चौधरीले तटबन्धको काम गुणस्तर नहुदा यस्तो भएको बताउदै अलिअलि नदी कटान भईरहेको समयमा कर्णाली नदी व्यवस्थापन कार्यालयलाई जानकारी गराएको र त्यसतर्फ त्यती ध्यान नदिदा आज ठूलो छती भएको बताए ।

केही दिनदेखी कटान भए पनि मंगलवार देखी तिव्र रुपमा कटान भएको छ । नदीले २ सय मिटर भन्दा बढी तटबन्ध ९८ प्रतिशत क्षती भएको छ । नदी कटान भए पछी प्रहरी प्रशासनले हाई अलर्ट गर्दै बर्दिया तर्फको दक्षिण भाग नदी किनारा क्षेत्रमा बसोवास गर्ने जनसमुदायलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।

नदी कटान तथा तटबन्ध रोक्न स्थानियवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको छ । नदी कटान सुरु भएपछी राजापुर बजार, टेडिया, छेदिया बस्ती, लगायत दक्षिण भेग’ तर्फ त्रास भएको छ । बुधबार राजापुरमा आपतकालीन बैठक बसी रोकथामका लागी तटबन्ध निर्माण गर्ने समेत निर्णय गरिएको छ ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed