शेयेर गर्नुहोस
मानवहादुर ठकुल्ला /
टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ७ ले वडास्तरमै स्वास्थ्य परीक्षण सुरु गरेको छ । जेष्ठ नागरिक, अपांग तथा बालबालिकाहरुलाई घरदैलो स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रमको उद्वाटन गर्दै नगर प्रमुख तपेन्द्र वहादुर रावलले वृद्धवृद्धा राष्ट्रका गहना भएकाले उनीहरुलाई हौसला, सम्मान दिने आफ्नो पनि दायित्व रहेको बताउनु भएको छ ।
बृद्धबृद्धा, अपांग, गरिब लगायत का बिभिन्न समस्याहरु समाधान गर्ने र यसमा सबैको सहयोगको खाँचो समेत रहेको रावलले बताउनुभयो ।
टीकापुर नगरपालिका वडा न ७ का वडाध्यक्ष रामलाल डगौरा थारुको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । कार्यक्रमका सभापति वडाध्यक्ष थारुले आफ्नो वडामा रहेका समस्या बिरुद्ध सधै लागिपर्ने र कुनैपनि समस्या आइपरे वडा कार्यालयमा सम्पर्क गर्न वडावासी लाई आग्रह गर्नुभयो ।
वडा सदस्य यमलाल जैसीको स्वागत मन्तव्य संगै शुरु भएको सो कार्यक्रममा कार्यक्रमका संचालक एवं वडा सचिब लोकवहादुर बुढाले यो कार्यक्रम १ बर्ष सम्म निरन्तर संचालन रहने जानकारी गराउनुभयो ।
यस वडामा २ सय ७८ जना जेष्ठ नागरिक र ७४ जना अपांग भएका व्यक्ति रहेको समेत वडा सचिब बुढाले बताउनुभयो । स्वास्थ्य परिक्षण कार्यक्रममा डिब्बीपुरकि १०३ वर्षकि झम्कला देवी शाहु, १०२
बर्षिया केशरी देवी चौधरीलाई स्वास्थ्य परिक्षण गर्नुका साथै न्यानो लुगा र सरसफाइका सामग्री बितरण गरि सम्मान समेत गरिएको थियो ।
यसैगरी डिब्बीपुरका ८७ बर्षिय बृद्ध कृष्णलाल श्रेष्ठ, ७८ बर्षिया चमारी चौधरी, प्रतिपुरका ८४ बर्षिय चेतराम डगौंरा थारु, बेलुवा का ८७ बर्षिय सिताराम थारु लगायत १६ जना जेष्ठ नागरिक अपांग र बालबालिकालाई स्वास्थ्य परिक्षण गरि औषधी, न्यानो कपडा समेत बितरण गरिएको सो वडाका वडा सचिब लोक बहादुर बुढाले मलवारालाई जानकारी दिनुभयो । वडाले थालनी गरेको यो कार्यक्रम नेपालकै पहिलो कार्यक्रम रहेको समेत वडा सचिब बुढाको दावी छ ।
कार्यक्रममा टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बल वहादुर रावल, कमल रावल, सत्ती शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, पत्रकार, लगायत को उपस्थिती रहेको थियो ।