कैलालीको टीकापुर लगायतका ठाउँबाट अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा डेढ लाख मूल्यको अवैध सामान बरामद गरिको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट ८० हजार ६५० मुल्य बराबरका कपडाहरू, टिकापुर नगरपालिका–९ खैरिपुरबाट १८ हजार २ सय, मुल्य बराबरको चिनि, प्याज र चप्पल, टिकापुर ९ ठोसेबजार बाट २० हजार २० मूल्य बराबरको चिनि, केराउ, सेतो प्लाष्टिक, रक्षा धागो पानीपुरी र रिफाईन तेल बरामद गरेको छ ।

यसैगरी कैलारी गाउँपालिका–७ मोहनपुरबाट ३२ हजार बराबरको ८ वटा प्लाष्टिकका कट्टाहरु, ८० किलो सुकेको खुर्सानी, र भजनी नगरपालिका–५ लालबोझीबाट ६ हजार ५०० मूल्य बराबरको सिलिङ पंखाको ब्याट्री औषधि प्लास्टिकको बोतल गरि करिब १ लाख ५७ हजार ३७० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा खबर

यस्ता ६ लक्षण देखिए सावधानः मृगौला फेल हुने संकेत हुन्

शास्त्र अनुसार बुधबार यी कार्य गर्दा मिल्छ शुभफल

कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

कैलालीबाट अफिमसहित ३ जना पक्राउ

amazed