शेयेर गर्नुहोस
टीकापुर । प्रहरीले कञ्चनपुरमा दुई लाख बढीको अबैध सामान बरामद गरेको छ ।
प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले २ लाख ५५ हजार ९ सय बराबरको भन्सार छलीको गाडीमा प्रयोग हुने हाइड्रोलिक हेड ४ थान, एलिभेट १२ पिस, नोजल ४ पिस, डेलिवरी भल्ब ३० पिस, हलोबोल्ट १० पिस, भेल्युरिगिन ५ पिस, पाट्स सेट ६ पिस बरामद गरेको छ ।
यसैगरी कोलोज १ पिस, कन्ट्रोलभल्व ८ पिस, सुपली पम्प २ पिस, फ्युल पम्प २ पिस, र्बिस पाट्स १ पिस, र हाइड्रोलिक स्ट्रेरिङ पाट्स लगायतका सामान बरामद गरि थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।