सुदूरपश्चिमबाट प्रहरीद्वारा एकैदिन ७ जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिमबाट प्रहरीले एकैदिन ७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । सोमबार प्रहरीले सुदूरपश्चिम प्रदेशका कैलाली र डडेल्धुराबाट ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत कैलालीले चोरी मुद्दामा ३ महिना १९ दिन कैद सजाय र ११ हजार ५०० जरिवाना तोकिए धनगढी उपमहानगरपालिका – ५ का २६ वर्षीय हृदय शाहीलाई पक्राउ गरेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कैद सजाय तथा जरीवाना ठहर गरेका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अभद्र ब्यवहार मुद्दामा ३ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका अमरगढी नगरपालिका – ५ का ४२ वर्षीय तिर्थ भण्डारी रहेका छन ।

त्यस्तै जुवा मुुद्धामा ३ देखि ५ हजार जरिवाना तोकिएका अमरगढी नगरपालिका – २ का ४१ वर्षीय तेज बहादुर ऐर, अमरगढी – १ का ३९ वर्षीय पुर्ण दमाई, पर्शुराम नगरपालिका – १२ का ३५ वर्षीय नरेन्द्र बहादुर थापा, पर्शुराम – ४ का ४४ वर्षीय टेक बहादुर बोहरा र दाङको तुल्सीपुर उपमहानगरपालिका – ७ का ४० वर्षीय रोमहर्ष भण्डारी रहेका छन । प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न सक्रियता बढाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *