एथ्लेटिकोलाई स्तब्ध बनाउँदै लेइपजीग सेमिफाइनलमा

शेयेर गर्नुहोस

एजेन्सी / स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई हराउँदै आरबी लेइपजीग पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्लब स्थापना भएको ११ वर्षमा नै टोली युरोपको सर्वोच्च प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ड्यानी ओल्मोले लेइपजीगलाई अग्रता दिलाए । तर, जोआ फेलिक्सले पेनाल्टीबाट खेल बराबरी गरे पनि खेल सकिन २ मिनेट बाँकी छँदा टाइलर एडम्सले गोल गर्दै एथ्लेटिकोलाई स्तब्ध बनाए ।

नकआउट चरणमा एथ्लेटिको कुनै जर्मन टोलीसँग पराजित भएको यो पहिलो अवसर हो । यसअघि एथ्लेटिकोले बायर लेभरक्युजन र बायर्न म्युनिखलाई हराउन सफल भएको थियो ।

अब लेइपजीगले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *