एथ्लेटिकोलाई स्तब्ध बनाउँदै लेइपजीग सेमिफाइनलमा

शेयेर गर्नुहोस

एजेन्सी / स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई हराउँदै आरबी लेइपजीग पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्लब स्थापना भएको ११ वर्षमा नै टोली युरोपको सर्वोच्च प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ड्यानी ओल्मोले लेइपजीगलाई अग्रता दिलाए । तर, जोआ फेलिक्सले पेनाल्टीबाट खेल बराबरी गरे पनि खेल सकिन २ मिनेट बाँकी छँदा टाइलर एडम्सले गोल गर्दै एथ्लेटिकोलाई स्तब्ध बनाए ।

नकआउट चरणमा एथ्लेटिको कुनै जर्मन टोलीसँग पराजित भएको यो पहिलो अवसर हो । यसअघि एथ्लेटिकोले बायर लेभरक्युजन र बायर्न म्युनिखलाई हराउन सफल भएको थियो ।

अब लेइपजीगले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *