कैलालीका बिभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । प्रहरीले कैलालीबाट भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट मंगलबार प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ बालुवाघाट र टीकापुर नगरपालिका–८ बटनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु ५८ हजार ६८० मूल्य बराबरको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

उक्त मुल्य बराबरको चिनी, साबुन, बच्चाको खेलौना, खाने तेल, सुटपिस, धोती, ब्लाउज, कुर्ती, साडी, दोपट्टालगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *