‘बुलाकी’ जाफना इन्टरनेशनल सिनेमा फेस्टिभलमा छनौट

शेयेर गर्नुहोस

एजेन्सी । नेपालीमा प्रदर्शनरत फिल्म ‘बुलाकी’ दक्षिण एसिया भित्र प्रतिष्ठित मानिने ‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४’मा छनौट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो ।

जाफना सिनेमा फेस्टिभलको दसौँ संस्करण आगामी सेप्टेम्बरमा हुँदै छ । ‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गतबर्ष नेपाली फिल्म ‘दि रेड सुटकेस’ले जितेको थियो ।

फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक फिल्म फेस्टिभलमा छनौट भएको बाँडेका छन् ।

विष्ट लेख्छन्, ‘तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहीँ न कहीँ सार्थकता पाउने रैछ, श्रीलङ्काको प्रतिष्ठित सिनेमा महोत्सव मा ‘बुलाकी’ छनोट भएको खुसी साट्न पाउँदा हर्षित छु ।’

नेपाल सरकारबाट विशेष फिल्मको अवार्डबाट पुरस्कृत यो फिल्मले यसअघि नै देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड समेत जितिसकेको छ ।

फिल्म हेर्ने समीक्षक तथा दर्शकबाट ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ । दोस्रो पटक प्रदर्शनमा आएको फिल्मले शुक्रबारबाट दोस्रो हप्ताको प्रदर्शनीको थालनी गर्दै छ ।

पश्चिम नेपालको कर्णाली र सुदूर पश्चिम भेगको सामाजिक कथा उठान गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो फिल्ममा बिष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *