बैतडीमा बलात्कार गरेको आरोपमा सिनियर अहेव पक्राउ

शेयेर गर्नुहोस

बैतडी । बैतडीमा बलात्कार आरोपमा स्वास्थ्यचौकीका इन्चार्ज पक्राउ परेका छन् । सिगास गाउँपालिका–२ मा रहेको गाँजरी स्वास्थ्य चौकीका प्रमुख, सिनियर अहेब ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेका हुन् ।

उनी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिहीबार पक्राउ परेका प्रहरीले बताएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

धामीले विभिन्न प्रलोभनमा पारी पटकपटक जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed