शेयेर गर्नुहोस
एजेन्सी । बलिउड अभिनेता शाहरुख खान भारतमा सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी बनेका छन् । उनले कूल ९२ करोड भारतीय रुपैयाँ कर तिरेका हुन् ।
सन् २०२३ मा खानको कूल सम्पत्ति १३ सय करोड भारुले बढेको फोर्ब्सले जनाएको थियो । सन् २०२२ मा उनको कूल सम्पत्ति ५ हजार ११६ करोड भारु थियो । जवान र पठानको सफलतापछि यो ८ प्रतिशतले बढेको थियो । पठानले १ हजार ५० करोड भारु आम्दानी गरेको थियो ।
फर्चुन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३–२४ मा सबैभन्दा धेरै कर तिर्ने भारतीय सेलेब्रिटीको सूची सार्वजनिक गरेको थियो । खानपछि यो सूचीको दोस्रो स्थानमा तमिल सुपरस्टार थलापति विजयी छन् । उनले ८० करोड भारु कर जम्मा गरेका छन् ।
शीर्ष ५ मा क्रमशः सलमान खान, अमिताभ बच्चन र विराट कोहली समावेश छन् ।
कर तिर्ने मामिलामा आमिर खान करिना कपुर, कपिल शर्मा र पंकज त्रिपाठीभन्दा पछि छन् । पंकजले ११ करोड भारु कर बुझाउँदा आमिरले १० करोड कर तिरेका छन् । अक्षय कुमार यो सूचीमा शीर्ष २० भन्दा बाहिर छन् ।
यस्तो छ सबैभन्दा धेरै कर तिर्ने शीर्ष १५ सेलेब्रिटीको सूची (भारतीय रुपैयाँमा)
शाहरुख खान – ९२ करोड
थलपति विजय – ८० करोड
सलमान खान – ७५ करोड
अमिताभ बच्चन – ७१ करोड
विराट कोहली – ६६ करोड
अजय देवगन – ४२ करोड
महेन्द्र सिंह धोनी – ३८ करोड
रणवीर कपुर – ३६ करोड
सचिन तेन्दुल्कर – २८ करोड
ऋतिक रोशन – २८ करोड
कपिल शर्मा – २६ करोड
सौरव गांगुली – २३ करोड
करिना कपुर – २० करोड
शाहिद कपुर – १८ करोड
मोहनलाल – १८ करोड