बिहानदेखि बेलुकासम्म केही नखाँदा हुन सक्छन् यी ७ गम्भीर समस्या

शेयेर गर्नुहोस

काठमाडौँ । कहिलेकाहिँ व्यस्त तालिकाका कारण हामीमध्ये धेरैले खाना वा खाजा खाँदैनौँ । यस्तो धेरै पटक हुन्छ । हाम्रो शरीरलाई राम्रोसँग काम गर्न नियमित पोषक तत्त्व चाहिन्छ । बिहानदेखि बेलुकासम्म केही नखाने अर्थात् व्रत बस्दा यसले शरीरमा धेरै प्रभाव पार्न सक्छ । यो प्रभाव व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र उपवासको अवधिमा निर्भर गर्दछ । दिनभर केही नखाँदा शरीरमा के–के हुन्छ ?

दिनभर भोकै बस्दा हुने बेफाइदाहरू यस्ता छन्ः

ग्लुकोज घट्छ

लामो समयसम्म केही नखाँदा शरीरमा रहेको ग्लुकोजको मात्रा बिस्तारै कम हुन थाल्छ । ग्लुकोज ऊर्जाको प्राथमिक स्रोत हो र यसको कमीले शरीरमा थकान र कमजोर महसुस हुन थाल्छ । ग्लुकोजको स्तर धेरै कम भयो भने यसले हाइपोग्लाइसेमिया निम्त्याउन सक्छ । यसमा व्यक्तिलाई चक्कर लाग्ने, पसिना आउने र बेहोस हुने लक्षण देखिन्छ ।

सुस्त हुन्छ मेटाबोलिज्म दर

शरीरले खाना नपाएपछि ऊर्जा बचाउन यसले मेटाबोलिक दरलाई सुस्ता पारिदिन्छ । यसको अर्थ हो शरीरले ऊर्जा खपत कम गर्न धेरै प्रक्रियाहरूलाई ढिलो गरिदिन्छ । क्यालोरी बर्न रेट कम हुन्छ । लामो समयको व्रत बस्दा वा भोकै भएको समयमा शरीरले ऊर्जा जोगाएर राख्ने यो प्राकृतिक प्रक्रिया हो ।

केटोसिसको अवस्था

लगातार व्रत बस्दा शरीरमा ग्लुकोजको कमी कारण ले केटोसिस हुन्छ । यस अवस्थामा शरीरले बोसोलाई टुक्रयाएर किटोन्स उत्पादन गर्दछ, जसले ऊर्जाको रूपमा काम गर्छ । केटोसिसमा शरीरको बोसोको उपयोग हुने भएकोले तौल पनि घट्न सक्छ । तर यो अवस्था लामो समयसम्म जारी रह्यो भने यसले मस्तिष्क र शरीरका अन्य अङ्गहरूमा नकारात्मक प्रभाव पार्न सक्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव

भोकले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि असर गर्छ । भोकले चिडचिडेपन बढाउँछ, तनावग्रस्त बनाउँछ र ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ । लामो समयसम्म भोको बस्दा चिन्ता र डिप्रेसनको जोखिम बढ्न सक्छ ।

हाइड्रेशनको कमी

तपाईंले बेला बेलामा पानी पिइरहनु भएको छ भने पनि लामो समयसम्म खाना नखाँदा शरीरमा इलेक्ट्रोलाइट्सको कमी हुन थाल्छ । यसले निर्जलीकरण र इलेक्ट्रोलाइट असन्तुलन निम्त्याउँछ । यस्तोमा मांसपेशी बाउँडिने, कमजोरी बढ्ने र थकान जस्ता समस्या निम्तिन्छ ।

प्रतिरक्षा शक्तिमा प्रभाव

व्रत बस्दा शरीरलाई आवश्यक पोषक तत्त्व प्राप्त हुँदैन, जसका कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । यसको मतलब शरीरको सङ्क्रमण र रोगहरूसँग लड्न सक्षम घट्छ ।

बिहानदेखि बेलुकासम्म केही नखाने वा लामो समयसम्म व्रत बस्दा शरीरमा धेरै असर पर्न सक्छ । सही तरिकाले र सही समयमा गरियो भने उपवासले तौल घटाउन र मेटाबोलिज्ममा सुधार जस्तास्वास्थ्य लाभहरू हुन सक्छन् । तर यसको नकारात्मक प्रभावहरूलाई पनि बेवास्ता गर्न सकिँदैन । –एजेन्सी

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed