वाइसीएल टीकापुर नगरको संयोजकमा भण्डारी, १७ सदस्यीय सम्मेलन आयोजक समिति गठन

शेयेर गर्नुहोस

टीकापुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिगको बिहीबार टिकापुरमा भएको नगर भेलाले खगेन्द्रप्रसाद भण्डारीको संयोजकत्वमा १७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

समितिमा सहसंयोजक हृदयराज भट्टराई, सचिव निलेशकुमार बि।क। रहेका छन् । यस्तै सदस्यहरुमा कृष्ण साउँद, बलबहादुर गरञ्जा, महेश रावल, जीवन रावल, सोनम चौधरी, चन्द्रमान घर्तीमगर, सृष्टि चौधरी, देवेन्द्र साउँद, अंकित चौधरी, साहिल चौधरी, निरज चौधरी र रामबहादुर चौधरी रहेका छन् ।

फ्याक्स इन्चार्ज धर्मबहादुर बिष्टको अध्यक्षतामा भएको उक्त भेलामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नेपबहादुर चौधरी, केन्द्रीय सदस्य तिलक परियार, प्रदेश समिति सचिवालय सदस्य सुरेन्द्र मोहन देवकर, प्रदेश समिति सदस्य दिर्घ बहादुर ठकुल्ला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाश टमटाले सञ्चालन गरेको उक्त भेलामा वाइसिएल जिल्ला सदस्य पदम केसीले स्वागत गरेका थिए ।
भेलामा अतिथिहरुमा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्यहरु नवराज पौडेल, वीरबहादुर घर्ती मगर, टिकापुर नगर समिति सचिव खुसीराम थारु, नेपाल मगर संघका केन्द्रीय सदस्य अमर पुनमगर, विद्यालय कर्मचारी सँगठनका केन्द्रीय महासचिव बीरेन्द्र खड्का, थारु राष्ट्रिय मुक्ति मोर्चा नगर अध्यक्ष जीतराम चौधरी, अखिल क्रान्तिकारीको टिकापुर नगर समिति सदस्य उपेन्द्र शाह लगायत रहेका थिए ।

यसैबीच नवनिर्वाचित संयोजक भण्डारीले आगामी कार्तिक १० गते नगर सम्मेलन गर्ने जनाएका छन् ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed