सुदूरपश्चिमका दुईसहित २४ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

शेयेर गर्नुहोस

टीकापुर । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

कार्यालयले बिहिबार सूचना प्रकाशित गर्दै आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

सूचना अनुसार ३ जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार र १९ जना प्रहरी जवान चार महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका छन् ।

उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed