कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१ का लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएक ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाई, वन मुद्दामा १३ हजार १५० जरिवाना तोकीएको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने ४६ वर्षीय लालसिह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–११ बस्ने २५ वर्षीय रमेश कठरीया पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको बताएको छ ।

ताजा खबर

ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

amazed