कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१ का लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएक ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाई, वन मुद्दामा १३ हजार १५० जरिवाना तोकीएको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने ४६ वर्षीय लालसिह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–११ बस्ने २५ वर्षीय रमेश कठरीया पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको बताएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed