शेयेर गर्नुहोस
लम्की । कैलालीबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ९ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २७ हजार ७३० र ६ गड्डी ताससहित बिहीवार पक्राउ गरेको बताएको छ ।
दशै तिहार नजिकिदा जुवा तास खेल्नेहरु बढ्ने गरेको र प्रहरीले समेत यस्ता विकृतिहरु नियन्त्रण गर्दै आएको छ ।