कैलाली कञ्चनपुरबाट एकैदिन १५ जुवाडे पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली कञ्चनपुरबाट एकै दिन १५ जुवाडे पक्राउ परेका छन । सोमबार कैलालीबाट ६ जना र कञ्चनपुरबाट ९ जुवाडे पक्राउ परेका हुन ।

कैलालीको धनगढी उपमहानगरपालिका – १३ श्रीलंका स्थित जंगलबाट बैतडीको सुर्नाय गाउँपालिका – २ का ३४ वर्षीय करन बिष्ट सहित ६जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुको साथबाट नगद १ लाख ८९ हजार ९२० रुपैँया २ मोटरसाइकल र ६ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ७ कालापानी स्थित मान सिंह ठगुन्नाले संचालन गरेको धामी कटेजबाट स्थानीय २४ वर्षीय बिपिन सिंह सहित ९ जना पक्राउ परेका छन । प्रहरीले उनीहरुको साथबाट नगद ८१ हजार ४६० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको जनाएको छ ।

ताजा खबर

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु

प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित

amazed