कैलाली कञ्चनपुरबाट एकैदिन १५ जुवाडे पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली कञ्चनपुरबाट एकै दिन १५ जुवाडे पक्राउ परेका छन । सोमबार कैलालीबाट ६ जना र कञ्चनपुरबाट ९ जुवाडे पक्राउ परेका हुन ।

कैलालीको धनगढी उपमहानगरपालिका – १३ श्रीलंका स्थित जंगलबाट बैतडीको सुर्नाय गाउँपालिका – २ का ३४ वर्षीय करन बिष्ट सहित ६जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुको साथबाट नगद १ लाख ८९ हजार ९२० रुपैँया २ मोटरसाइकल र ६ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ७ कालापानी स्थित मान सिंह ठगुन्नाले संचालन गरेको धामी कटेजबाट स्थानीय २४ वर्षीय बिपिन सिंह सहित ९ जना पक्राउ परेका छन । प्रहरीले उनीहरुको साथबाट नगद ८१ हजार ४६० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed