शेयेर गर्नुहोस
टीकापुर । कैलालीको लम्कीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–३ का ३८ वर्षीय दिपक कडेलको बसको ठक्करबाट मृत्यु भएको हो ।
कडेललाइ लम्कीचुहा नगरपालिका–१ पुर्ब लम्की स्थित सुदूरपश्चिम प्रदेश ०१००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले ठक्कर दिदा उनी गम्भिर घाइते भएका थिए ।
घाइते कडेलको उपचारको क्रममा शनिबार मृत्यु भएको हो । बस र बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ का ३२ वर्षीय नेत्रप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान थालेको जनाइएको छ ।