भजनीका बाढीपीडितलाई सुदुरपश्चिमेली नेपाली समाज अमेरिकाको सहयोग

शेयेर गर्नुहोस


मानबहादुर ठकुल्ला,
टीकापुर / कैलालीको भजनी नगरपालिका वडा न ८ का विभिन्न समुदायका बाढीपीडितहरुलाई राहत बितरण गरिएको छ ।
गत श्रावण १४ गते आएको बाढीबाट मृतकका परिवार सहित अन्य बाढीपीडित हरुलाई राहत स्वरुप नगद रकम बितरण गरिएको हो ।
भजनी नगरपालिका वडा न ८ का वडा अध्यक्ष पंकज चौधरीले सुदुपश्चिमेली नेपाली समाज क्यालिफोर्निया युएसएले गरेको सहयोग रकम मृतकका परिवार सहित अन्य बाढीपीडितलाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको छ ।
गत श्रावण १४गतेको बाढीमा ज्यान गुमाएका एजिकेल चौधरी, चक्र बहादुर बिक,
ईश्वर शाहीका परिवारलाई ५÷५ हजारका दरले र अन्य १३ घरपरिवारलाई जनहि २÷२ हजारका दरले राहत बितरण गरेको वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिनुभएको छ ।
बाढीबाट पुर्णरुपमा घरमा क्षति भएका स्यानु चौधरी ,बाले ढोली, दिलिप साउद, तेज बहादुर साउद, लक्ष्मण चौधरी, भुखाली चौधरी, पतिराम चौधरी, सतनारायण चौधरी, खगेन्द्र शाही, पार्वती शाही, जया बहादुर कामी, सहबिर बिक र पुरन डगौरालाई समेत जनहि २ हजारका दरले नगद सहयोग गरिएको वडा सदस्य कृष्ण धमालाले जानकारि दिनुभयो ।
पत्रकार मान बहादुरको समन्वयमा सुदुपश्चिमेली नेपाली समाज क्यालिफोर्निया युएसएका अध्यक्ष करन चन्द, उपाध्यक्ष हेम बहादुर ठकुल्ला, उपाध्यक्ष खेमु रेग्मी ,महासचिव मनिराज न्यौपाने र बरिष्ठ सल्लाहाकार गणेश भट्टराई लगायतको टोलीले सहयोग गरेको हो ।

ताजा खबर

कैलालीमा लागुऔषधसहित एक युवती र ३ युवक पक्राउ

कैलालीको टीकापुर र जानकीका ३ जना लागूऔषधसहित पक्राउ

पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

amazed