कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट विना इजाजत राष्ट्रिय वन पैदवार काटी ओसार पसार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

विना इजाजत राष्ट्रिय वन पैदवार काटी ओसार पसार गरेको सम्बन्धि कसुर मुद्दामा १ महिना कैद सजाय र २ लाख ६५ हजार ३९० जरिवाना तोकिएको गौरीगंगा नगरपालिका–७ बस्ने ४५ वर्षीय रमित चौधरी र सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–३ बस्ने ४८ वर्षीय रामबहादुर थारु पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *