शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा एक युवतीसहित ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१० सालघारीबाट से २ प १९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन् । किशोरलाई १५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले आइतवार फेला पारि मोटरसाईकल र उनलाई नियन्त्रणमा लिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका–१ सिभिल टोलबाट सोही ठाउँ बस्ने ३५ वर्षीय रोशन सिंह, २४ वर्षीया बर्षा चौधरी र १५ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
यी तीनै जनालाई १९० मिलिग्राम (खैरो हेरोइन) सहित अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले आइतवार १० बजे राति फेला पारि नियन्त्रणमा लिएको हो । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।