शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुर र जानकीबाट लागूऔषधसहित पक्राउ परेका छन ।
टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २१ वर्षीय किसन विक र २९ वर्षीय लक्ष्मी प्रासाद चौलागाई पक्राउ परेका छन् । दुबै जनालाई १४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको छ । शंकरलाई टीकापुर नगरपालिका–३ रामपुर स्थित सडक छेउमा लागु औषध (खैरो हेरोईन) सेवन गरिरहेको अवस्थामा फेलापारी पक्राउ गरिएको हो । शंकरको साथबाट १ ग्राम ७० मिलिग्राम लागु औषध (खैरो हेरोईन)सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको छ ।