कैलालीको टीकापुरमा लागू औषध सहित ३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा प्रहरीले भारतबाट भित्र्याइएको लागू औषध सहित ३ जना पक्राउ गरेको छ । मंगलबार लागु औषध खैरो हेरोईनको ओसार–पसार तथा विक्री वितरण भईरहेको सूचनाका आधारमा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले टीकापुर नगरपालिका – ९ खक्रौला स्थित प्रहरी चेक पोष्ट अगाडि सडकखण्डमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आउदै गरेका टीकापुर नगरपालिका –१ बनगाउँका २३ वर्षीय शिबम थापामगर र सोही ठाउँका २७ वर्षीय बिकाश चौधरी माथि खानतलासी गर्दा शिबम जिन्सको पाईन्टको खल्तीमा ७ ग्राम ५९० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरेको थियो ।

दुवै जनालाई सोधपुछ गर्दा उक्त लागू औषध टीकापुर नगरपालिका – १ का २७ वर्षीय बिज्ञान शाहीले भारतबाट मगाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले शाहीले ६ हजार दिएर लागू औषध ल्याउन पठाएको स्वीकार गरेकाले उनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed