शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–५ सुकासाल र भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ९३ हजार ६२५ बराबरको सामान बरामद गरिएको हो ।
उक्त मुल्य बराबरको चिनी, मिश्री, नरिवल, बिजुलीका सामान, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।