‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यास लोकार्पण

शेयेर गर्नुहोस

टीकापुर । आख्यानकार गगनसिंह थापाकृत मेरा गाउँको खड्क्या मन्त्री उपन्यास लोकार्पण गरिएको छ । सोमबार लोकन स्टेसन टीकापुरमा एक कार्यक्रमका बीच उपन्यासको लोकार्पण गरिएको हो ।

गगन फाउन्डेसनको आयोजनामा गरिएको लोकार्पण समारोहको सभाध्यक्षमा गगन फाउन्डेसनका संस्थापक हिक्मत थाहा रहेका थिए भने प्रमुख अतिथिमा उपन्यासका मुख्य पात्र खड्क बहादुर नेपाली र धौरी नेपाली रहेका थिए । विशिष्ट अतिथिमा देवकोटा कला साहित्यका अध्यक्ष बलबहादुर रावल र उपन्यासका समीक्षाकार एवं टीकापुर बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर धनकृष्ण उपाध्याय रहेका थिए।

पत्रकार परमानन्द पाण्डे ले सञ्चालन गरेको कार्यक्रम मा टीकापुर साहित्य समाजका सचिव बाबु देवकोटाले स्वागत गरेका थिए।

उपन्यासका लेखक स्वर्गीय गगन सिंह थापाको स्मृति दिवसको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो। स्वर्गीय थापाको यो नऔं कृति हो। उनका जेष्ठ सुपुत्र हिक्मत थापाले प्रत्येक वर्ष आफ्ना बुवाको सम्झनामा पुस्तक विमोचन गरिरहेका छन्। बन्दै गरेको टीकापुर र सुक्दै गएको कटासे बजारको पृष्ठभूमि लाई समेत उपन्यासमा समेटिएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *