शेयेर गर्नुहोस
बझाङ । बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला को तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भइ करीब २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षिय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, तलकोट गाउँपालिका–४ कै ७२ वर्षीय जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृती धामीको मृत्यु भएको हो ।
गयराती ८ः३५ बजे तलकोट गाउँपालिका–२, सुकगाडमा भएको जीप दुर्घटनामा तीन जनाको घटना स्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजादै गर्दै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।
यस्तै बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । मष्टाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भइ १०० मिटर तल खस्दा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको मृत्यु भएको हो ।
राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ ।