देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

शेयेर गर्नुहोस

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । सुदूरपश्चिमका केही ठाउँमा बिहानैदेखि वर्षा र हिमपात शुरू भएको छ ।

आज गण्डकी प्रदेशदेखि पश्चिमी भेगमा वर्षा तथा सबै हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा र हिमपातको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्नेछ । मध्य र पूर्वी भेगका एक, दुई ठाउँमा हिमपातको सम्भावना रहे पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान  महाशाखाका अनुसार आज रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।आज दिनभर बदली हुने र रातिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed