शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुर लगायतका ठाउँमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर, लम्कीचुहा र बर्दगोरियामा भएका दुर्घटनामा पाँच जना घाइते भएका हुन ।
प्रहरीले दिएका जानकारी अनुसार टीकापुर नगरपालिका–६ आमबासामा जानकी गाउँपालिका–३ सुर्वणपुुरका जयराज चौधरीले चलाएको भे १ ह ८९८१ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको छ । दुर्घटनामा उनका ६ वर्षीय छोरा सनमको हात भाँचिएको छ । उनलाई उपचारका लागि कोहलपुुर लगिएको जनाइएको छ ।
यसैगरी बर्दगोरिया गाउँपालिका–१ मुडा बस्ने २९ वर्षीय सुवेन्द्रराज कठरीयाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ४४९९ को मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा चालक र नाम नखुुलेकी उनकी श्रीमती सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै, लम्कीचुहा नगरपालिका–६ स्याउलेमा भे ५ प ४७७४ को मोटरसाइकल अनिन्त्रित भएर दुुर्घटना हुँदा चालक अशोक चौधरी बेहोस् भएका छन् भने उनकी श्रीमती सामान्य रहेकि छिन् ।